हाल म्यानमारमा वैदेशिक लगानीका

हाल म्यानमारमा वैदेशिक लगानीका क्षेत्रमा केही वृद्धि भएको बताइएको छ । यसै क्रममा वैदेशिक लगानीको क्षेत्रमा हुनुपर्ने सुधारका क्रममा सुरक्षा, हातहतियार, राष्ट्रिय हुलाक टिकट, हवाई टिकट, वनजन्य वा वन पैदावरको प्रयोग हुने खालका उद्योग, रेडियसनसँग सम्बधित विषय, विद्युतीय शक्तिसँग सम्बन्धित केही वस्तु उत्पादनमा रोक लगाएको छ ।
यी क्षेत्रमा म्यानमारले वैदेशिक लगानी गर्न नदिने गरी नियमावली बनाएको म्यानमारको केन्द्रीय लगानी बोर्डले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । स्वच्छ पानीमा हुर्काउन सकिने मत्स्यपालन, विभिन्न सेवा क्षेत्र र पत्रपत्रिका प्रकाशनको कार्य पनि केही सीमित प्रतिशतमात्र उत्पादन गर्न दिने गरी कानुन बनाएको बताइएको छ । म्यानमारमा सन २०१६ मा मात्र करिब ७० लाख अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्रिएको थियो । त्यस आर्थिक वर्षमा म्यानमारमा विश्वका विभिन्न देशका करिब १३५ कम्पनी र फर्मले लगानी गरेका थिए । म्यानमारले यसै आर्थिक वर्षमा कम्तीमा पनि छ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याउने बारेमा लक्ष्य राखेको जनाएको छ । यसलाई म्यानमारका अर्थशास्त्रीहरूले पनि सरकारको महत्वाकांक्षी कार्यक्रमका रुपमा लिएका छन । विगत लामो समयदेखि सैनिक शासनका माध्यमबाट शासन गरिएको र जसका कारण बाहिरी विश्वबाट पनि धेरै नै टाढा रहेको म्यानमारमा केही वर्षयतादेखि भने प्रजातान्त्रिक सरकार रहेको छ । यसै सरकारले म्यानमारमा आर्थिक विकास कैयौँ सम्भावना रहेको बताएको छ । साथै देशमा प्रजातान्त्रिक व्यवस्था र शान्तिपूर्ण अवस्था रहेकोले म्यानमारमा वैदेशिक लगानीको वातावरण रहेको जानकारी सरकारले दिँदै आएको छ ।
Labels:

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget