माइक्रोसफ्टले विन्डोज ७ र ८.१ बन्द गर्ने

माइक्रोसफ्टले आफ्ना अपरेटिङ सिस्टम विन्डोज ७ र विन्डोज ८.१ पहिलेदेखि इन्स्टल भएका कम्प्यूटर वा ल्यापटप बन्द गर्ने भएको छ। 
 
माइक्रोसफ्टले सन् २०१६ अक्टोबर ३१ तारिखदेखि यी दुई ओएस भएका भएका कम्प्यूटर वा ल्यापटप निरन्तरता नदिने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन्।
 
रिपोर्टका अनुसार माइक्रोसफ्टको ‘विन्डोज लाइफसाइकल फ्याक्ट शीट’ को पछिल्लो अपडेटमा २०१६ अक्टोबर ३१ तारिखदेखि विन्डोज ७ र विन्डोज ८.१ पहिलेदेखि इन्स्टल भएका कम्प्यूटर वा ल्यापटप बन्द गर्ने बताएको छ। यसका साथै कम्पनीले २०१६ जून ३० देखि विन्डोज ८ ओएस भएका डिभाइसहरु पनि बन्द गर्ने बताइएको छ। 
 
माइक्रोसफ्टले १ अर्व डिभाइसहरुमा विन्डोज १० राख्ने लक्ष्य लिएको र यो लक्ष्य पुरा गर्नका लागि यो कदम चालिएको पनि बताइएको छ। विन्डोज ७ र विन्डोज ८.१ ओएस बन्द गरेपछि प्रयोगकर्तासँग विन्डोज १० नै पहिलेदेखि इन्स्टल भएको डिभाइस किन्नुको विकल्प हुँदैन। 
 
माइक्रोसफ्टको कुनै नयाँ ओएस ल्याएको २ वर्षपछि पुरानो ओएस बन्द गर्दै आउने नीति छ। तर विन्डोज ७ को लोकप्रियता र विन्डोज ८ को असफलताले गर्दा सन् २०१४ मा बन्द हुनपर्ने विन्डोज ७ लाई थप २ वर्ष थपेर सन् २०१६ मा बन्द गर्ने निर्णय गरेको पनि बताइएको छ। माइक्रोसफ्टले विन्डोज होम बेसिक, होम प्रिमियम र अल्टिमेट भने बन्द गरिसकेको छ। 
Labels:

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget