काठमाडौं– काठमाडौं युनिभर्सिटी (केयु)लाई एमबिबिएसको मेरिट
लिष्ट सार्वजनिक गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । केयु अन्तर्गतका कलेजले नै
मेरिट लिष्ट सार्वजनिक गरेर त्यो अनुसार भर्ना प्रक्रिया अघि बढाइरहेका बेला
सर्वाेच्चले यस्तो आदेश जारी गरेको हो ।
अधिबक्ता राज जैशवालले कलेजहरु आफैले मेरिट लिष्ट सार्वजनिक गरेको तथा शुल्क बढी लिएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायधिश कल्याण श्रेष्ठको एकल इजालशले कलेजले नभइ युनिभर्सिटीलाई नै मेरिट लिष्ट बनाउन र ३५ लाख रुपैयाँ भन्दा बढी शुल्क नलिन शुक्रवार आदेश दिएको हो ।
यो आदेशसँगै तत्कालका लागि केयु अन्तर्गतका मेडिकल कलेजको भर्ना रोकिएको छ । छलफलका लागि विपक्षीलाई कार्तिक २९ गते बोलाइएको छ ।
यसैगरी आर्मी मेडिकल कलेज विरुद्ध पनि सर्वाेच्चमा मुद्दा परेको छ । एमिबिबिएस भर्नामा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले हालेको मुद्दाको सुनुवाई सोमवार हुने बताइएको छ ।

Post a Comment