काठमाडौँ- छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सोमबार
र मङ्गलबार (१६ र १७ गते) भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५ वटै जिल्लामा भिटामिन ‘ए’ र १
वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम तय गरेको हो ।
मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका अनुसार करिब २७ लाख बालबालिका र
तीमध्ये करिब २३ लाख एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि
खुवाउने लक्ष्य राखिएको छ ।
महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले भिटामिन ‘ए’ र जुकाको औषधि
खुवाउने अभियानका कारण हरेक वर्ष करिब १२ हजार बालबालिकालाई अकाल मृत्युबाट बच्न
सहयोग पुग्दै आएको राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को अध्ययनले देखाएको छ । रासस

Post a Comment