आज शुक्रबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये
पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?
विनाशकारी भूकम्पले थिलथिलो भएको भक्तपुरको पाँच तले मन्दिर परिसरमा शुक्रबार निकै रमाइलो माहोल थियो ।वरिपरि विद्यार्थीदेखि युवाहरु हुटिङ गरिरहेका थिए भने मन्दिर प्राङ्गणको एक भागमा इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम बालबालिकासँग फुटबल खेलिरहेका थिए ।।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकलाई लिएर
व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । कांग्रेसका तराई मधेसका
सांसदहरुले कात्तिक २२ गतेकै बैठक अवरुद्ध पार्न पार्टी नेतृत्वसमक्ष प्रस्ताव
गरेका छन् ।
सुशील कोइराला नेतृत्वको अघिल्लो सरकार भारतीय नाकाबन्दीलाई
अन्तर्राष्ट्रियकरण नगरेको भनेर आलोचित भयो । अहिले सत्ताको नेतृत्व गरेको पार्टी
एमालेका नेता महेन्द्रबहादुर पाण्डे कोइराला सरकारका परराष्ट्रमन्त्री थिए ।
कार्यक्रमको उद्देश्य थियो पार्टी नेता-कार्यकर्ताहरुसँग टाढिएको
सम्बन्धलाई पुनर्ताजगी गर्ने तथा पार्टीनिकट पत्रकारहरुबाट सल्लाह सुझाव लिने । तर,
त्यहाँ एक मन्त्रीले
आफ्ना कामको लामै फेहरिस्त सुनाए ।
नेपालप्रति लिएको नीतिलाई लिएर भारतीय कम्युनिष्ट पार्टी
मार्क्सवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ ।
मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको उसले बताएको छ ।
ही दिन अघि नयाँ बानेश्वरको अल्फा हाउसमा डा. बाबुराम भट्टराईले
नागरिक समाजका अगुवाहरुसँग नयाँ शक्तिबारे अन्तरक्रिया गरिरहेका थिए । खचाखच भीडमा
ढोकै छेऊमा बाबुरामकै फोटोकपीजस्तो लाग्ने एक व्यक्ति उभिएका थिए । उनी रहेछन्,
डा. बाबुरामका
कान्छा भाइ शिव भट्टराई ।
एमाओवादी पार्टीमा वर्षमान पुनजस्तै एमालेमा छलाङ मारेर राजनीतिक उचाइ
प्राप्त गर्ने आदिवासी जनजाति नेतामा पर्छन् सूचना तथा सञ्चारमन्त्री शेरधन राई ।
एमालेमा शेरधनका समकालीनहरु प्रायः जिल्ला नेतृत्वबाट माथि निस्कन सकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान सिंहदरबारमा पत्रकारहरुसित गम्भीर मुद्रामा प्रस्तुत भए । आफूलाई भेट्न आएका पत्रकार महासंघका प्रतिनिधिहरुमाझ उनले भारतीय नाकाबन्दीका सन्दर्भमा निकै खुलस्त विचार राखे । उनले आफू मुखमात्रै चलाएर नबसेको स्पष्ट पारे
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि
झापा आन्दोलनमा उनीसँगै खटिएका समकालीन नेताले भनेका थिए, केपी ओलीको मुखमात्रै चल्छ, काममा उनी असाध्यै
ढीला र अल्छी छन् ।’ प्रधानमान्त्रीका रुपमा ओलीको कार्यशैली उनका समकालीन नेताले
भने जस्तै ढीलाढाला प्रकारको देखिन थालेको छ ।
हाँस्य सिरियल ‘तितो सत्य’ले प्रशारणको ६ सय भाग पुरा गरेपछि निर्माता
तथा निर्देशक दिपकराज गिरीलाई लागेको थियो, अब फरक शैलीमा अगाढि बढ्छ । तर, ६ सय १ भागमा नै
उनका लागि अप्ठ्यारो पर्यो ।

Post a Comment
thikai ho