सुनिता दनुवारलाई एसिया मानवअधिकार २०१५ अवार्ड

नेपालमा मावन बेचबिखन र दासता विरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर उल्लेखनीय काम गथरेको भन्दै ताइवान फाउण्डेसन फर डेमोक्रेसीले मानव बेचबिखन बिरुद्ध स्थापित शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारलाई एशिया लोकतन्त्र र मानवअधिकार अवार्ड २०१५ बाट सम्मान गर्न लागेको हो।
ताइवान फाउन्डेशनले एशियामा मानव अधिकार तथा लोकतन्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष सो अवार्डबाट सम्मानित गर्ने गर्दछ।
एक लाख अमेरिकी डलर बराबरको नगद पुरस्कार समेत रहेको यो अवार्ड १० डिसेम्बर २०१५ अर्थात मंसिर २४ गते ताइवानको ताइपेइमा प्रदान गरिने शक्ति समूहले जानकारी दिएको छ।
बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो संस्था शक्ति समूहकी संस्थापक सदस्य तथा हाल अध्यक्ष दनुवारले स्वीडेनको स्टकहोममा ‘सि टेन' अन्तराष्ट्रिय अवार्ड पाएकी थिइन्।  यस्तै शक्ति समूहले एशियाको नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार र फ्रान्सले पनि यसै वर्ष मानवअधिकार अवार्ड प्रदान गरेको छ।
साथै शक्ति समूहकै पूर्व अध्यक्ष चरिमाया तामाङले पनि अमेरिकी विदेश मन्त्रालयले आधुनिक दासता विरुद्धको अभियानमा लागे बापत अवार्ड प्रदान गरेको थियो।
Labels:

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget